मोरङ, २ भदौ । मोरङको सुन्दरहरैचा–११ मा आगोमा जलेर एक जना मजदुरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो ।
बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर भएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।










प्रतिक्रिया दिनुहोस्