Banner News

५४२ जनामा कोरोना संक्रमण, ४२१ जना डिस्चार्ज



काठमाडौँ, २ भदौ । थप ५४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९४ हजार ६१३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ६५ जना रहेका छन ।

मन्त्रालयका अनुसार ४२१ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ७७ हजार ३५८ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९० जना रहेको मन्त्रालयले जनाएको छ ।