काठमाडौँ, ४ भदौ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा गएराति परेको पानीले गोदावरी, हनुमन्ते, विष्णुमती, मनोहरा, नख्खुलगायत साना खोलामा जलसतह बढेको छ ।
ती खोला क्षेत्रको आसपासमा बिहान ८ बजेसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले ती नदी जलाधार क्षेत्रमा पानी पर्नेक्रम रोकिएको छ । आज पनि देशभरको मौसम बदली रहने अनुमान छ ।










प्रतिक्रिया दिनुहोस्