समाचार

करेन्ट लागेर दुई जनाको मृत्यु



नेपालगञ्ज, ४ भदौ । नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको हो ।

अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु परशुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि उनीहरूको नेपालगन्जस्थित नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो ।

शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।