समाचार

अवैध लागू औषधसहित एक जना पक्राउ



सिरहा, ४ भदौ । सिरहामा ठूलो मात्रामा लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहान सिरहाका अनुसार लहान नगरपालिका वडा नं. १९ कटहामा स.५ प.७७५५ नं. को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा लक्ष्मिपुरपतारी गाँउपालिका वडा नं.६ बस्ने बर्ष ३२ को निरन्जन यादवलाई लागू औषधसहित पक्राउ गरेको हो ।

उनको साथबाट फेनरागन, डाईजिपाम र ब्युप्रिनोर्फिन लागू औषध फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।