Banner News

थप २९९ जनामा कोरोना संक्रमण, ५७७ जना संक्रमणमुक्त



काठमाडौँ, ४ भदौ । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या चार हजार ६२५ रहेको छ ।