Banner News

प्रदीप गिरिको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा झुकाउने



काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सकिएको छ ।

आज बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य तथा सांसद प्रदीप गिरिको शोक प्रस्ताव पारित गर्दै पार्टी कार्यालयहरुमा तीन दिन झण्डा झुकाउने निर्णय गरेको छ ।

यस्तै, १३ दिनसम्म देशभरका कार्यालयहरुमा प्रदीप गिरिका लागि शोक पुस्तिका राख्ने र शोक प्रकट गर्नेहरुका लागि खुला गर्ने पनि निर्णय गरेको छ ।