राजनीति

मनोनयन दर्ता गर्नुअघि सांसद नरहेको सुनिश्चितता गर्नुपर्छ : आयुक्त थपलिया



काठमाडौँ, ५ भदौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मनोनयन दर्ता गर्नुअघि पहिले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताएका छन ।

ललितपुरमा आज बिहान पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै उनले असोज २ गते मनोनयन दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनसम्म उम्मेदवारले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताएका हुन । उनले चुनावको लागि आयोगले आचारसंहिता बनाउने काम पनि थालेको बताए ।

पालिका चुनावको बेला आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्दै दलहरूको सुझावको आधारमा आचारसंहिता बनाउने उनले बताए ।