ललितपुर, ५ भदौ । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–५ लेले बस्ने ३४ वर्षीय इन्द्र नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इन्द्रले ती महिलालाई गत बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्