विराटनगर, ६ भदौ । भारतबाट बेच्न भनेर नेपाल ल्याइएका पेस्तोल र रिभल्बरसहित एक जनालाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) सिक्टी मोरङको टोलीले पक्राउ गरेको छ । उक्त हतियार किन्न खोज्ने अर्का एक व्यक्तिलाई पनि सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको छ ।
मोरङका सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राई नेतृत्वको टोलीले सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ बस्ने २९ वर्षीय नविन धिमाललाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आइरहेको मोटरसाइकलमा सवार आलमलाई शंका लागेर खानतलासी गर्दा सोमबार साँझ ५ बजे उनको साथबाट अटोमेटिक चाइनिज पेस्तोल र रिभल्बर सिक्सर एक–एक थान बरामद भएको थियो ।










प्रतिक्रिया दिनुहोस्