काठमाडौँ, ६ भदौ । देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी निजामती कर्मचारी आजदेखि एकै पटक आन्दोलनमा उत्रने भएका छन् ।
सरकारले कार्यालय सहयोगी, खरिदार, नायव सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाइ संकुचन गर्दै संघीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यस विरूद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन् । उनीहरूले कर्मचारीमैत्री र सेवामैत्री हुनेगरी तीनवटै तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने, तीनै तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषामा समावेश गर्नुपर्ने तथा वृद्धि बिकासको स्पष्ट र वैज्ञानिक व्यवस्था गर्नुपर्ने लगायत १० बुंदे मागपत्र सहित आन्दोलन थालेका हुन् ।
यसअघि उनीहरूले मुलुकको प्रमुख प्रशासकिय निकाय सिंहदरबारमा मागपत्र बितरण गरिसकेका छन् । सो पत्र मार्फत कर्मचारीहरूले प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, तथा सचिवको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।










प्रतिक्रिया दिनुहोस्