मनोरञ्जन

सुहाना फिचर्ड ‘भगवत् गीता’को औपचारिक घोषणा



काठमाडौँ, ६ भदौ । अभिनेत्री सुहाना थापा फिचर्ड फिल्म ‘भगवत् गीता’को औपचारिक घोषणा भएको छ ।

झरना थापाको निर्देशन बन्ने फिल्म ‘भगवत् गीता’को श्रीकृष्ण जन्माष्टमीको अवसरमा युट्युवमार्फत औपचारिक घोषणा भएको हो । उक्त भिडियोमा जनकपुरको जानकी मन्दिरमा खिचिएको दृश्यमा सुहाना रामजानकी भक्तको रुपमा प्रस्तुत छिन् ।

२०८० सालको बैशाख १ गते (सन् २०२३ को अप्रिल १४)मा रिलिज घोषणा समेत गरिएको छ । सुहाना थापाकै होमप्रोडक्सन सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको सह-निर्माता र अमेरिका वितरकको रुपमा अमृत राई, जंग राई र खेम गुरुङ छन् ।