गुल्मी, ६ भदौ । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा समस्या नहुने बताउनुभएको छ ।
सोमबार समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले सिट बाँडफाँट शीर्ष नेतृत्वले टुंगो लगाउने बताउनुभयो । आफूले धेरै सिट पाए हुन्थ्यो भन्ने चाहना सबै दललाई भए पनि सहमतिमै सिट बाडफाँट टुंगिने उल्लेख गर्दै उहाँले अहिले चुनावपछि कसले के पद पाउने भन्नेबारे छलफल नभएको पनि बताउनुभयो । अहिले निर्वाचन सफल बनाउनु नै प्रमुख कुरा रहेको भन्दै उहाँले पार्टीको निर्णय र आवश्यकताको आधारमा पद बाँडफाँट हुने दावी गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्