एजेन्सी, ६ भदौ । फिलिपिन्समा कोरोनाको सङ्क्रमणबाट २४ घण्टामा अर्थात आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको मृत्यु भएको छ ।
यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र ३ हजार ६ सय ४३ जनामा कोरोना सङ्क्रमण भएको छ । फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ ।यहाँ कम्तीमा पनि ३५ हजार जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यहाँ एकै दिन गएको जनवरी १५ मात्र ३९ हजार भन्दा बढीमा सङ्क्रमण रहेको थियो । त्यसका तुलनामा पछिल्लो समयमा यहाँ सङ्क्रमितहरु घटेका भए पनि केही हप्तायता भने सङ्क्रमण बढ्दै गएको देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्