समाचार

सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु



बारा, ७ भदौ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति करिब १२ बजे नम्बर खुल्न नसकेको सवारीसाधनले ठक्कर दिदा अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको हो । कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान पौने ५ बजे उनको मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनापश्चात् सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।