Banner News

लोकसेवा आयोगविरुद्धका सबै रिट सर्वोच्चबाट खारेज



काठमाडौँ, ७ भदौ । सरकारी सेवाको आवेदनमा लोकसेवा आयोगलाई विपक्षी बनाएर परेको सबै रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी सेवाका लागि खोलिएका आवेदनमा आधारित भएर आयोगलाई विपक्षी बनाई दर्ता भएका सबै रिट एकसाथ खारेज गरिदिएको हो । रिट खारेज भएसँगै लामो समयदेखि रोकिएको लोकसेवाको परीक्षा गर्ने बाटो खुलेको छ ।