Banner News

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौँ, ८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा नागरिकता विधेयक, बेपत्ता पारिएका वयक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधनसम्बन्धी विधेयक र मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।

एमालेका नेताहरूले सरकारले प्रतिपक्षी दलसँग छलफल नै नगरी विधेयक अगाडि बढाएको बताइरहेका बेला प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।