अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ८ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।