काठमाडौँ, ९ भदौ । सरकारले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।
चाडपर्व नजिकिएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ अन्तिम सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसलबाट सामान बिक्री गर्नेछन् ।
सुपथ मूल्य पसलबाट नुन, तेल, चामल, घिउ, पनिर, फापरसहितका खाद्यान्न बिक्री गरिन्छ ।










प्रतिक्रिया दिनुहोस्