Banner News

शीर्ष नेताहरुद्वारा कार्यदललाई छिट्टै विस्तृत प्रतिवेदन ल्याउन निर्देशन



काठमाडौँ, ९ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन कार्यदललाई निर्देशन दिएका छन् ।

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पाँद दलका शीर्ष नेताले कार्यदलका सदस्यलाई उक्त निर्देशन दिएको हो ।

उनका अनुसार गृहकार्य गरेर कार्यदललाई छिट्टै विस्तृत प्रतिवेदन नेतृत्व तहमा बुझाउन निर्देशन भएको छ । त्यसका लागि कार्यदलको बैठक ४ बजे बस्ने छ । साउन २२ गतेयता कार्यदलमा पटक पटक छलफल हुँदा पनि सहमति नभएपछि शीर्ष तहमा छलफल भएको थियो ।