Banner News

४४४ जनामा कोरोना संक्रमण, ३०७ जना डिस्चार्ज



काठमाडौँ, ९ भदौ । थप ४४४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९६ हजार ४४२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार १९९ जना रहेका छन ।

मन्त्रालयका अनुसार ३०७ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८० हजार २४५ जना रहेको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९८ जना रहेको मन्त्रालयले जनाएको छ ।