समाचार

देशका केही स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह



काठमाडौं, १० भदौ । देशका केही स्थानमा आज बिहान भारी वर्षा भइरहेको छ । बाँके तथा यसको आसपासका जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा भइरहेका र हुने सम्भावना रहेका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।