Banner News

महाअभियोग सिफारिस समितिले माग्यो निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धका प्रमाण



काठमाडौँ, १० भदौ । संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपका प्रमाणहरू माग गरेको छ ।

समितिको सचिवालयले आज सार्वजनिक सूचना जारी गरि तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सरोकारवाला व्यक्ति र निकायलाई आग्रह गरेको हो ।

समितिको ८ भदौको बैठकले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा सरोकारवालासँऊ प्रमाण, कागजात माग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार समितिले प्रमाण र कागजात माग गरेको हो ।

समितिको नम्बर ०१-४२००१२८, ०१-४२००२३१ र इमेल: [email protected] मार्फत पनि प्रमाण, कागज तथा सुझाव उपलब्ध गराउन सकिने सचिवालयले जनाएको छ ।