काठमाडौँ, १० भदौ । क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान विभागको टोलीले धनकुटाको चौबिसे गाउँपालिका-५ घर भई हाल काठमाडौँको भीमसेनगोलामा बस्ने ३८ वर्षीय शान्त कुमार देवानलाई पक्राउ गरेको हो ।
उनलाई कागेश्वरी मनहरा नगरपालि काँडाघारीबाट पक्राउ गरेको हो । पक्राउ परेका देवानलाई थप अनुसन्धान तथा कारबाहीको लागिस वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनले पीडित गोकुल भण्डारीलाई वर्किङ भिसामा क्राएसिया पठाइदिन्छु भनी २ लाख रुपैयाँ रकम ठगी गरेको प्रहरीको दाबी छ ।










प्रतिक्रिया दिनुहोस्