राजनीति

एनआरएनएको ९औं एसिया क्षेत्रीय बैठक सुरु



काठमाडौँ, ११ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैङ्ककमा शनिबारदेखि सुरु हुँदै छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरूको भूमिका, महिला तथा युवा, नेपालमा लगानी, एआरएनए नागरिकतालगायतका विषयमा छलफल हुने बताइएको छ ।

सम्मेलनमा भाग लिन नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शेर बहादुर कुंवर बैंकक पुगेका छन् ।

सम्मेलनमा विशिष्ट अतिथिको रुपमा माननीय सांसद डा सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय मणी भद्र कंडेल शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगकी सदस्य मिर्जा अर्सद बेग, थाइल्याण्डका लागी नेपाली राजदूत गणेश प्रसाद ढकाल, व्यवसायी राजेन्द्र खेतान नेकपा (माओबादी केन्द्र) क केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख ओम शर्मा लगायत गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको छ ।