राजनीति

१०० भन्दा कम सिट लिएर प्रतिस्पर्धा गर्न सकिँदैन : नेता कोइराला



काठमाडौँ, ११ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १०० भन्दा कम सिट लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न नसकिने बताएका छन् ।

आज मोरङमा आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धनमार्फत आसन्न निर्वाचनमा होमिँदा कांग्रेसले १०० सिट पाउनुपर्ने बताएका हुन् । उनले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ । तर, परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानुपरेको हो ।’

उनले गठबन्धनका अरू पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे ।