राजनीति

सन्तोषजनक छैनन्, अधिकांश मन्त्रालयका कार्यप्रगति



काठमाडौँ, १२ भदौ । केहि दिनअघि मात्रै मुख्य सचिव शंकरदास वैरागीले एक वर्षको अवधिमा सरकारको काम सन्तोषजनक हुन नसकेको स्वीकार्दै आगामी दिन प्रभावकारी कदम गनुपर्ने भन्दै मन्त्रालय सचिवको गम्भीर ध्यानाकृष्ट गराए ।

प्रधानमन्त्री शेरबहादुर देउवा समेत सहभागी कार्यक्रममा मुख्य सचिवले त्यसरी ध्यानाकृष्ट गराए पनि अधिकांश सचिवले गहन रुपमा लिएनन् । मन्त्री र सचिवबीच महत्वपूर्ण नीतिगत सुधार तथा जनजीविकाका सवालमा ल्याउनुपर्ने महत्वपूर्ण कार्यक्रमबारे छलफल र संवाद हुनै छाडेको छ ।

अहिले कुनै पनि मन्त्रालयको काम सन्तोषजनक नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अधिकारीको ठहर छ । यद्यपि, प्रधानमन्त्री कार्यालयले मन्त्रालयले गरेको काम अनुगमन सशक्त बनाउन भने सकेको छैन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।