समाचार

मोटरसाइकल र स्कुटर ठोक्किँदा प्रहरी हवल्दारको मृत्यु



काठमाडौँ, १२ भदौ । काठमाडौँमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति गोकर्णेश्वर नगरपालिका-६ मा बा ७६ प १३५ नम्बरको स्कुटर र वाग्मती प्रदेश ०२– ०१९ प २४७६ नम्बरको मोटरसाइकल ठोक्किँदा स्कुटरका चालक शङ्खरापुर नगरपालिका-५ पालुबारीका ३५ वर्षका प्रहरी हवल्दार बालकुमार कट्वालको मृत्यु भएको हो ।

मृतक कट्वाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार हुन । उनको अत्तरखेल मेडिकल कलेजमा उपचारमा क्रममा गएराति पौन १२ बजे मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा स्कुटरको पछाडि बस्ने जोरपाटीका ३१ वर्षका सुरेश राई घाइते भएका छन । यस्तै, मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठ र मोटरसाइकलको पछाडि बस्ने रोजित गाइजु घाइते भएका छन । गाइजुको नर्भिकमा र अरु दुई जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।