समाचार

खोलाले बगाउँदा एक जना बेपत्ता



म्याग्दी, १२ भदौ । जिल्लाको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई हिजो बेलुका म्याग्दी खोलाले बगाउदा बेपत्ता भएका हुन् ।

नुहाउनका लागि किनारमा पुगेका राई लडेर खोलामा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।