काठमाडौँ, १२ भदौ । राष्ट्रिय सभाले नागरिकता विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाउने भएको छ ।
आज बसेको पहिलो बैठकमा राष्ट्रपतिले राष्ट्रपतिबाट पुनर्बिचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाइने भएको हो ।
आज बसेको बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको बेहोरा र प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देश टेबुल भएको छ । आजै दोस्रो बैठक राखिएको छ । दोस्रो बैठकबाट विधायन व्यवस्थापन समितिमा पठाउने कार्यसूची तय भएको छ ।










प्रतिक्रिया दिनुहोस्