काठमाडौँ, १२ भदौ । राष्ट्रियसभाले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
आज बसेको राष्ट्रियसभाको दोश्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्ताव बैठकबाट सर्वसम्मतीले पारित भएको थियो । आज बसेको पहिलो बैठकमा राष्ट्रपतिले राष्ट्रपतिबाट पुनर्बिचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाइने भएको थियो ।










प्रतिक्रिया दिनुहोस्