काठमाडौँ, १३ भदौ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
मध्यान्ह १२ बजे सुरु हुने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाले पुन: जस्ताको त्यस्तै पास गरेर पठाएको थियो ।
सो विधेयक राष्ट्रियसभाले भने थप छलफलका लागि विषयगत समितिमा पठाएको हो । सो समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल हुनेछ । अब विधायन व्यवस्थापन समितिले पारित गरेपछि मात्रै सो विधेयक राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछ । राष्ट्रिय सभाको बैठक भदौ १६ गते बिहीबार बोलाइएको छ । सोही बैठकबाट विधेयक पास गर्ने सरकारको तयारी छ।










प्रतिक्रिया दिनुहोस्