Banner News

सभामुखद्वारा त्रिभुवन विश्वविद्यालयको समस्या शीघ्र समाधान गर्न रुलिङ



काठमाडौँ, १३ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको तालाबन्दी लगायतका समस्या शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयमा केही समय यता तालाबन्दी लगायतका समस्या कायम रहेको भन्दै यो समस्या समाधानका लागि रुलिङ नभएसम्म संसदको बैठक सञ्चालन हुन नसक्ने अडान राखेको थियो । नेकपा एमालेका प्रदीप ज्ञवालीले त्रिविमा गुण्डागर्दी बढेको, अराजकता बढेको, पठनपाठन अवरुद्ध भएको भन्दै सदनको ध्यानाकर्षण गराए । उनले सभामुख समक्ष ‘रुलिङ’ को मागसमेत गरे ।

त्यस लगत्तै सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा भएका तालाबन्दी लगायत विरोधका कार्यक्रमले शैक्षिक एवं पठनपाठन प्रभावित भएको भन्ने विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै यो समस्या शीघ्र समधान गर्न सरकारलाई निर्देशन दिए ।