काठमाडौँ, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ-३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिश गरेको छ । राप्रपाबाट अभिनेत्री थापाको पनि नाम यही क्षेत्रबाट आएको छ । थापाको घर सुन्दरहरैंचा १२ सलकपुरमा पर्छ ।
प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिश गरेको राप्रपाले पहिलो नम्बरमा थापाको नाम उल्लेख गरेको छ । राप्रपा बेलबारी नगरका अध्यक्ष नगेन्द्र कार्कीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ थापा र अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो । उनका अनुसार पार्टीले थापा र अधिकारीको नाम सिफारिस गरेको र उनीहरू तालमेल भए पनि नभए पनि चुनाव लड्ने बताए ।
मोरङ-३ मा अघिल्लो चुनावमा एमाले नेता भानुभक्त ढकालले जितेका थिए । वाम गठबन्धनबाट उनले जित्दा काँग्रेस उम्मेदवार सुनिल शर्मा झिनो मतान्तरले पराजित भएका थिए ।










प्रतिक्रिया दिनुहोस्