समाचार

बबई नदीमा बहाव बढ्ने क्रम जारी, उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौँ, १६ भदौ । देशका विभिन्न ठाउँमा आज बिहानैदेखि वर्षा भइरहेको छ । बबई नदी जलाधारको चेपाङ, धनवास र आसपास पछिल्लो तीन घण्टादेखि भारी वर्षा भइरहेको छ । बबई नदी चेपाङमा आकस्मिक बहाव भई जलसतह सतर्कता तह आसपास पुगेको छ । र, बहाव बढ्दो क्रमका रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बबई तटीय क्षेत्र र बर्दियाको डुवान भइरहने होचा स्थानमा बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

बाराको निजगढ र आसपासको क्षेत्रमा पछिल्लो पनि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

सप्तरीको बरमझिया र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुनसक्ने हुनाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।