राजनीति

मेयर शाह मन्त्री भेट्न स्वास्थ्य मन्त्रालयमा



काठमाडौँ, १६ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङबीच भेटवार्ता भएको छ ।

काठमाडौँ महानगरपालिकाभित्र रहेका ठूला सरकारी अस्पतालमा सेवा प्रवाह राम्रो नभएको, फोहर व्यवस्थापन नभएको, शुल्क महँगो भएको लगायतका गुनासा आएको भन्दै मेयर शाहले स्वास्थ्य मन्त्रीलाई भेटेका हुन ।

छलफलमा स्वास्थ्य मन्त्री खापुङ, राज्यमन्त्री हिराबहादुर केसी, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, वीर अस्पताल, ट्रमा सेन्टर, प्रसूति गृह, सिभिललगायतका अस्पतालका निर्देशक सहभागी थिए ।