राजनीति

सांसद राईको प्रश्न: संसद गठबन्धनका नेताहरुको क्लब बनेको हो ?



काठमाडौँ, १७ भदौ । राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्यालले राष्ट्रिय सभामा जस्ताको तस्तै पेस भएको नागरिकता विधेयकमा सत्ता गठबन्धनको अहंकार र घमण्ड नै बोलेको बताइन् ।

बिहीबार राष्ट्रिय सभामा पेस भएको नागरिकता विधेयक सम्बन्धि छलफलमा बोल्दै सांसद राईले विधेयक जस्ताको त्यस्तै पठाउँछु भन्ने घमण्ड दलका नेताहरुको घमण्डले गर्दा संसदहरु पनि त्यही घमण्डमा फसेको बताइन् । सांसद राईले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक जस्ताको त्यस्तै संसदबाट पास गर्नु राष्ट्र अध्यक्षलाई अपमान गरेको महशुस भएको बताएकी छन् ।

उनले भने, ‘मलाई दुःख केमा लागेको छ भने आजको सत्तामा हुन्छ । को प्रतिपक्षमा हुन्छ । राजनीति हो उत्तारचढाव भइरहन्छ । हामीले देखेका छौं । तर, राष्ट्र प्रमुखले विद्यादेवी भण्डारी ज्यु मात्रै होइन, राष्ट्र अध्यक्ष भनेको कुर्सी हो । त्यो कुर्सी वा यति महत्वपूर्ण संस्थाले ध्यानाकर्षण गराएर यो सम्बन्धमा पुनःविचार गर भनेर ध्यानाकर्षण गराए नागरिकताका विषयमा अरु धेरै पक्षमा अध्ययन गर भनेर विधेयक संसदमा पठाएपछि केही न केही विधेयकमा संशोधन गर्न सक्नुपर्ने थियो । त्यो नगर्नु भनेको एउटा नजिर हामीले फेरि पनि बसायौं । राष्ट्र अध्यक्षलाई अपमान गरेको मैले ठानेको छु । यसलाई देशले कसरी हेर्छ मलाई थाहा छैन । मलाई राष्ट्र अध्यक्षलाई अपमान गरेको महशुस भएको छ । यसमा पनि अहंकार र घमण्ड नै बोल्छ । धेरै सांसदहरुलाई सम्बोधन गरौँ जस्तो लागेको छ । तर बालुवाटारभित्र भएको एउटा निर्णयले हामी सबैलाई बाँधेको छ । यो धेरै दुःख लाग्दो विषय हो । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएपछि बालुटारमा बसेको गठबन्धनको बैठकले फिर्ता आएको विधेयक घमण्ड र अंहकारका साथ जस्ताको त्यस्तै पास गर्ने निर्णय भयो । त्यो बेला मलाई कस्तो लाग्यो भने हाम्रो संसद गठबन्धनका नेताहरुको क्लव जस्तो लाग्यो । सभामुखहरु क्लबका म्यानेजर हुन् कि क्या हो । संसदमा छलफल नै नगर्ने गठबन्धनले जे निर्णय गर्छ त्यही संसदमा हुन्छ । प्रतिनिधि सभाले गठबन्धनको अंहकार नै बोलेर पास भएर आयो ।’

उनले राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी नभएर संस्था भएकाले सरकारले राष्ट्रपतिको अपमान गरेको आफूले ठानेको बताइन् । उनले राष्ट्र अध्यक्षले विधेयकमा ध्यानाकर्षण गराए नागरिकताका विषयमा अरु धेरै पक्षमा अध्ययन र पुनःविचार गर्ने भनेर विधेयक संसदमा पठाएपछि केही न केही विधेयकमा संशोधन गर्न सक्नुपर्ने बताइन् । सांसद राईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै फिर्ता पठाएर राम्रो नजिर नबसेको बताइन् । उनले यो विषयलाई देशले कसरी हेर्छ मलाई थाहा नभएको भन्दै राष्ट्रपति कुर्सीको अपमान भएको दाबी गरिन् ।

सांसद राईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको सम्बन्धमा गठबन्धनको निर्णय जस्तै संसदमा जस्ताको त्यस्तै पेस गर्ने विषयमा संसद गठबन्धनका नेताहरुको क्लव जस्तो भएको टिप्पणी गरिन् । उनले संसदका सभामुखहरु क्लवका म्यानेजर जस्तो कुनै छलफल नगर्ने गठबन्धनले जे निर्णय ग¥यो त्यही हुने गरेको बताइन् ।