काठमाडौँ, १७ भदौ । डेंगीको संक्रमण ७२ जिल्लामा फैलिएकाे पुष्टि भएको छ । अझै दुई महिना डेंगीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बेलैमा सचेत नभएमा आउँदो दुई महिनामा जोखिम झन् बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिलेसम्म ३ हजार २ सय २७ जनामा डेंगी पुष्टि भएको छ ।
सबैभन्दा धेरै वाग्मती प्रदेशमा डेंगी फैलिएको छ । यो प्रदेशका २ हजार १ सय ८ जनालाई डेंगी भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा ४ सय ७२, प्रदेश १ मा १ सय ९८, गण्डकी प्रदेशमा ८४, सुदूरपश्चिममा ७७, मधेस प्रदेशमा ५९ र कर्णाली प्रदेशमा २९ जनामा डेंगी देखिएको सरकारी तथ्याङ्क छ । तथ्याङ अनुसार १० जिल्लामा जोखिम धेरै छ ।
वाग्मती प्रदेशको ललितपुर जिल्लमा सबै धेरै संक्रमण फैलिएको छ । अहिलेसम्म ललितपुरका एक हजार एक सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै काठमाण्डौमा ५ सय ६५, रुपन्देहीमा ३ सय ९२, भक्तपुरमा ८९, तेह्रथुम र धादिङमा ७८,सिन्धुलीमा ६३, संखुवासभा ५७, गुल्मी ५२ र अर्घाखाँचीमा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्