काठमाडौँ, १८ भदौ । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले २ वर्षभित्र सबैको घरमा विद्युत जडान गर्ने बताएकी छन् ।
नेपाल विद्युत प्राधिकरणले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् । उनले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत जडान भएको उल्लेख गर्दै २ वर्षभित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताइन् । उनले विद्युत खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गरिन् ।
मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पारिन् । विद्युत खपत बढाउन सरकारले अभियाननै सञ्चालन गरिरहेको उनको भनाई थियो ।










प्रतिक्रिया दिनुहोस्