Banner News

२०० जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु



काठमाडौँ, १८ भदौ । थप २०० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९७ हजार ७५२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ६४२ जना रहेका छन ।

मन्त्रालयका अनुसार ३३९ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८३ हजार १०३ जना रहेको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ७ जना रहेको मन्त्रालयले जनाएको छ ।