काठमाडौँ, १८ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्ना पूर्वसहकर्मी तथा नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई एमालेमा फर्कन आह्वान गरेका छन् ।
आज एमाले सम्पर्क समन्वय कमिटीले काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष नेम्वाङले एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको बताए ।
उनले भने, जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्यो । त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, नेकपा एमालेमा फर्केर आउनुस् ।’










प्रतिक्रिया दिनुहोस्