काठमाडौ, १९ भदौ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् ।
चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको भन्दै उनले राजीनामा दिन लागेका हुन् ।
नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष लिङ्देनले आज सदनमा बोलेर राजीनामा दिने र अबदेखिका बैठकमा सहभागी नहुने बताए ।
लिङ्देनले भने, ‘निर्वाचनको मिति घोषणापछि चुनावी सरकार गठन गर्नुपर्ने हो । यो सरकारले निष्पक्ष चुनाव गर्ने ग्यारेन्टी छैन । त्यसमाथि संसदको म्याद फागुनसम्म लैजानेगरी जसरी कानून नै संशोधन गर्न खोजिदैछ त्यो निर्लज्ज कुरा हो । मैले एक्लै रोक्न सक्दिन,त्यसैले राजीनामा दिने निष्कर्षमा पुगेको हुँ ।’
सरकारले संसदको म्याद फागुनसम्म रहनेगरी कानून संशोधन गर्न विधेयक पेस गरेको छ ।










प्रतिक्रिया दिनुहोस्