काठमाण्डौ,१९ भदौ । दाङ क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेले पार्टी महासचिव शंकर पोखरेलको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय समितिले पोखरेलेको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।
पोखरेल २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि क्षेत्रनम्वर २ क बाट निर्वाचित भएका थिए ।
मुख्यमन्त्री बन्ने शर्तमा २०७४ को चुनाव प्रदेश सभमा लडेका उनी यसपाली भने प्रतिनिधि सभामा सिफारिस भएका हुन् । उनी लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री पनि हुन् ।आज बसेको २ नम्बर क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको एकल नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
महासचिव पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा स्थायी राजधानी दाङ तोकेका थिए।










प्रतिक्रिया दिनुहोस्