बुटवल, १९ भदौ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि गुल्मी–१ बाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
एमाले गुल्मीको आज बसेको बैठकले ज्ञवालीलाई प्रतिनिधि सभाका लागि सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो । ज्ञवाली पूर्वमन्त्री समेत हुन् । गुल्मी–१ बाट नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित चार जनाको नाम सिफारिस गरेको छ ।










प्रतिक्रिया दिनुहोस्