समाचार

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु



काठमाडौँ, २० भदौ । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका २३ कोईरीया टोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

गएराति वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना २४ प १३९४ नम्बरको मोटरसाइकल सवा ९ बजे अनियन्त्रित भइ पल्टिँदा स्थानीय ३२ वर्षीया हजरा खातुनको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।