राजनीति

संसद्को आयु लम्ब्याउनु हुँदैन : अध्यक्ष दाहाल



धनगढी , २१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को आयु लम्ब्याउन नहुने बताएका छन् ।

आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले गठबन्धनमा संसद्को आयु लम्ब्याउन हुँदैन भनेर छलफल भएकाले कुनै हालतमा संसद्को आयु लम्बिन नहुने बताए ।

उनले भने, ‘संसद्को आयु लम्ब्याउनु हुँदैन, मनोनयनपछि संसद् रहँदैन, ‘एक दिन पनि लम्ब्याउनु हुँदैन । मंसिर ४ गते चुनाव हुन्छ । मंसिर चारपछि संसद् रहँदैन, दुविधा छैन ।’

उनले मङ्सिरको निर्वाचनका लागि उम्मेदवार मनोनयनपछि यो संसद् नरहने पनि बताए ।