कञ्चनपुर, २१ भदौ । विषालु सर्पको टोकाइबाट बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ । मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो । रासस










प्रतिक्रिया दिनुहोस्