चितवन, २१ भदौ । जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ भने बलात्कारको मुद्दामा भने सफाइ पाएका छन ।
अदालतका अनुसार यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको छ ।
गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो ।
प्रतिक्रिया दिनुहोस्