अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २२ भदौ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजार रुपैयाँले घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजारमा ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला ११ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।