राजनीति

महन्थ ठाकुरको नाम सप्तरी-२ बाट सिफारिस



सप्तरी, २२ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको नाम प्रतिनिधिसभा सदस्यको लागि सप्तरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ ।

जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा पार्टीको सम्पन्न क्षेत्रीय भेलाले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि उनको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ लोसपाका केन्द्रीय नेता जयप्रकाश ठाकुरको नाम पनि सिफारिस गरिएको छ । समानुपातिकतर्फ दुलारीदेवी खंग, अमरकान्त झा, लिला गुप्ता, पवित्री देवी र हेम मिश्रको नाम सिफारिस गरिएको छ ।